उकेरा कला

फिल्ममा अभिनय गर्न चाहनेलाई अभिनेता विपिनको टिप्स


तस्बिर : ओस्कर कलेज

काठमाडौँ : अभिनेता विपिन कार्कीले फिल्म पढिरहेका विध्यार्थीहरुमाझ आफ्नो अनुभव बाँड्दै फिल्ममा अभिनय गर्ने लक्ष्य हो भने थिएटरतिर नलाग्न सुझाव दिए।

उनी आफैँ भने थिएटरबाटै फिल्म क्षेत्रमा आएका हुन्। थिएटरमा रमाएका सौगात मल्ल फिल्ममा पनि रमाएको देखेपछि आफू पनि फिल्ममा लागेको भन्दै उनले ओस्कर कलेजका विद्यार्थीमाझ भने' सुरुमा यी दुई विधामा गतिविधि भिन्नता होला जस्तो लागेको थिएन। तर दुवैमा व्यापक भिन्नता रहेछ।'

गुरुकुल नाटक घरमा नाटकको प्रशिक्षण लिएर उनी फिल्म क्षेत्रमा आएका हुन्। उनले ‘आचार्य’ फिल्ममा सानो भूमिकामा अभिनय गरेपछि, ‘लुट’, ‘छड्के’, ‘पशुपतिप्रसाद’, 'नाका', 'गोपी' लगायतका फिल्ममा अभिनय गरिसकेका छन्।

उनले 'छड्के' फिल्ममा गरेको विन्दु क्यारेक्टर अहिले हेर्दा धेरै लाउड अभिनय गरेको लाग्ने गरेको बताए।

उनले सबै कलाकारमा चरित्रमा पस्ने आआफ्नै तरिका हुने भएकाले सोही अनुसारको तयारी गरिने बताउँदै भने' म स्क्रिप्ट कण्ठ पारेर यसको सुरुवात गर्छु। स्क्रिप्ट कण्ठ पार्दा मलाई चरित्रको सबै आयामबारे थाहा हुन्छ। त्यसपछि म चरित्रलाई कसरी फरक गर्न सकिन्छ भनेर काम गर्छु।’

फिल्ममा करियर बनाउने हो भने जिन्दगी नै यही भनेर लाग्नुपर्ने भन्दै उनले विद्यार्थीलाई उनले फिल्ममा सफल हुन साना-साना लक्ष्य लिन र ती पूरा भएपछि अर्को लक्ष्य बनाउन सुझाव दिएका थिए।

‘सुरुमा गुरुकुलमा छिर्दा मलाई पुग्यो भन्ने लागेको थियो। तर सौगात दाइ (सौगात मल्ल) फिल्ममा रमाएको देखेपछि म पनि फिल्ममा जान्छु भन्ने भयो। फिल्ममा पनि मैले सानो भूमिकाबाट सुरु गरेँ र यसमा पनि खुसी थिएँ। मेरो तपाईँहरूलाई यही सुझाव छ, सानो लक्ष्य लिनुस् र त्यो पूरा भएपछि अर्को लक्ष्य बनाउनुस्,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आइडलबाट गोल्डेन माइक विजेता मदन बाहिरिँदा' उठेर हिँडौँ जस्तो लाग्यो' भन्दै रिसाए शम्भुजित

त्यस्तै भयो बिहीबार प्रसारण भएको कार्यक्रममा। यो सिजनको २ गोल्डेन माइक विजेतामध्येका एक मदन गुरुङ बाहिरिएका छन्। कार्यक्रमको प्रारम्भमै यो साताको बटम थ्रीको नाम भनियो।

'नागिन' मौनीले प्रेमीसँग विवाह गरिन्

यी दुवैको विवाहसम्बन्धी तस्बिर अहिले सामाजिक सञ्जालभरि फैलिएको छ। भाइरल भएको तस्बिरमा सुरजले मौनीलाई मङ्गलसूत्र लगाइरहेका छन्। मौनीको विवाह दक्षिण भारतीय रिति रिवाज अनुसार भएको....

अक्षय कुमारको 'बच्चन पाण्डे' लाई १७५ करोडको अफर

भारतका विभिन्न समाचार एजेन्सीले गरेको सर्वेक्षणमा पनि उनले आफ्ना सबै प्रतिस्पर्धीलाई पछि पार्दै २०२१ को सर्वोत्कृष्ट अभिनेताको उपाधि हात पारेका थिए। आगामी फागु पुर्णिमाको अवसर....

कस्तो होला साम्राज्ञी र मुन्द्रेको जोडी !

तितोसत्य टिमसँग फिल्ममा अभिनय गर्दा पनि जितुले आफ्नो छवी अनुसारकै चरित्रमा अभिनय गर्दै आएका थिए। नेपाली चलचित्र क्षेत्रमा निर्देशकको रुपमा डेब्यु गर्दै कपिल रिजालले अपोजिट छवी भएका यी दुबैलाई जोडि बनाएर फिल्म ‘ह्यारीकी प्यारी’को निर्माण शुरु गरेका छन्। कोरोनाको....

तारा देवीको गीतमा कलाकारदेखि पूर्व मन्त्रीले गरे नक्कल  

काठमाडौँमा भएको कार्यक्रममा गायिका गीता पाण्डेले राष्ट्रकवि माधव घिमिरेको शब्द, नातिकाजीको सङ्गीत र शुभ बहादुर सुनामको सङ्गीत संयोजन रहेको गीत फूलको थुँगा.. गाइन्।  जेरक्स चौधरीले....