उकेरा स्वास्थ्य

माघ दोस्रो साताबाट ६० माथिकालाई बुस्टर डोज दिने स्वास्थ्य मन्त्रीको दाबी


काठमाडौँ  : कोरोना सङ्क्रमण बढे पनि सरकार लकडाउनको पक्षमा नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले बताए। दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। सरकारले स्मार्ट लकडाउन भने पनि पालना हुन सकेको छैन।

बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले यस अगाडि अन्य देशको कुरा सुनेर लकडाउन गरिएको तर अब तत्काल लकडाउन नहुने बताए। उनले सङ्क्रमण दर उच्च भएको स्थान हेरेर लकडाउन गर्न सकिने बताएका थिए।

'युरोपेली देशहरूमा लकडाउन भनेको सुन्यौँ। हामी आतङ्कित भयौँ। गर्नुपर्ने बेलामा गरेनौँ, अघि पछि गर्‍यौँ' उनले भने।

यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै नकारात्मक असर परेको र लकडाउन मात्रै समाधानको बाटो नभएकाले सरकार लकडाउनको पक्षमा नभएको उनको तर्क थियो।

उनले बुस्टर डोजले सङ्क्रमणबाट जोगाउने भनिएपछि माघ पहिलो साताबाट फ्रन्टलाइनरहरुलाई बुस्टर डोज दिने तयारी गरिएको र माघ दोस्रो साताबाट ६० वर्ष माथिकालाई बुस्टर डोज दिने बताए। उनले माघको चोथौँ हप्ताबाट सबै नागरिकलाई बुस्टर डोज दिने तयारी भइरहेको समेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अस्पताल भर्ना हुने अधिकांश संक्रमित पाका र दीर्घरोगी, अस्पतालमा छैन भीड, जटिलता पनि कम

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना हुने संक्रमित पनि पाको उमेरका व्यक्ति र दीर्घरोगी नै भएको अस्पतालका प्रमुख कन्सल्ट्याण्ट फिजिसियन डा. विमल शर्मा....

महामारीको मौका छोपेर सिटामोलको मूल्य बढाउने कसरत, भारतमा तस्करी भएकाले अभाव भएको उत्पादकको दाबी

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी सिटामोल अत्यावश्यक औषधिको सूचीमा पर्ने भएकाले उत्पादन अनुमति लिएका उत्पादकले सिटामोल उत्पादन रोक्न नपाउने बताउँछन्। 'सिटामोल नबनाउने कम्पनीलाई....

बिपी प्रतिष्ठानका डाक्टर कमिसनमा, बिरामी ऋणमा 

खुट्टाको अप्रेसनमा लगाउने नेलको विषयमा डाक्टरहरूबीच झगडा भएको ललितले सुने। हाडजोर्नी विभाग टिम ‘ए’ का प्रमुख रोशनकुमार शाह कलवारले खोक्रो नेल प्रयोग नगर्ने अड्डी लिएपछि....

कोरोनाको नयाँ भेरियन्ट देखिन सक्छ: डब्ल्यूएचओ

उनले ओमिक्रोन यसअघिको डेल्टाभन्दा कम जटिल भए पनि बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका छन्। ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको, मत्यु पनि भइरहेको र स्वास्थ्य केन्द्रमा....

पूर्वराष्ट्रपति यादवको नाडीको लिगामेन्ट च्यातियो, ट्रमामा गरे सिटी स्क्यान

उनका अनुसार हाल यादव अस्पतालबाट फर्किसकेका छन्। उनलाई पूर्णतया निको हुन दुई साता लाग्ने डाक्टर दत्तले बताएका छन्।  'उहाँलाई ह्रिष्ट जोइन्टमा चोट लागेको रहेछ, लिगामेन्ट....