उकेरा प्रदेश

कर्णाली प्रदेश सभा: तीन अध्यादेश पेश, दुई विधेयक फिर्ता प्रस्ताव


सुर्खेतः कर्णाली प्रदेश सभामा तीन वटा अध्यादेश पेश गरिएको छ। हिजो बसेको प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश गरिएको हो।

यस्तै सोही बैठकमार्फत दुई विधेयक फिर्ताको प्रस्ताव पनि गरिएको छ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बुधबार कर्णाली प्रदेश लोकसेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७८, प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७८ तथा कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन, २०७८ सभामा पेश गरेका थिए।

मन्त्री विष्टले कर्णाली प्रदेश विनियोजन विधेयक, २०७८ र कर्णाली प्रदेश आर्थिक विधेयक, २०७८ सभाबाट फिर्ता लिनका लागि पनि प्रस्ताव पेश गरेका थिए।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

धुर्मुस-सुन्तलीले अलपत्र छाडेको रङ्गशाला बनाउन दातृ निकायसंग सहयोग लिने प्रदेश सरकारको तयारी

रङ्गशालाबारे भएको अन्तर्क्रियामा उनले यसका लागि दातृ निकायसँग कुराकानीसमेत भइरहेको उनले बताए। उनले रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस–सुन्तली फाउन्डेसनले अहिलेसम्मको खर्च विवरण यथाशीघ्र सार्वजनिक गरेर....

कर्णाली प्रदेश समन्वय परिषद्को बैठकको निष्कर्ष : स्थानीय र प्रदेशबिच सहकार्य कमजोर

बिहीबार वीरेन्द्रनगरमा सम्पन्न भएको बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको थियो। बैठकमा प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना, साझा अधिकारका विषयको....

काठका मुढामा बुद्धको जीवन

कार्यशालामा १७ जना मूर्तिकारले ८ दिन लगाएर १७ वटा काठका ठुटाबाट मूर्ति तयार गरे। त्यसअघिसम्म सुनसान रहेको बुद्ध सामुदायिक बनमा रहेको गौतमबुद्ध राष्ट्रिय पार्क अहिले....

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा पनि सत्ता-गठबन्धनको क्लिनस्विप

पाँचदलीय गठबन्धनका सबै उम्मेदवार विजयी भएको प्रदेश निर्वाचन अयोगले घोषणा गरिसकेको छ। मत परिणामअनुसार नेपाली कांग्रेसकी दुर्गा गुरुङ २ हजार ९ सय ७०, नेकपा एकीकृत....

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका शेर्पा विजयी

पाँचदलीय सत्ता-गठबन्धनका उम्मेदवार हेमराज राई लाई पराजित गर्दै शेर्पा विजयी भएका हुन्। एमालेका तर्फबाट उनी अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार बनेका थिए। शेर्पाले ४७३४ मत भारसहित विजयी....