उकेरा खेल

घरबाट भागेर खलङ्गा गएकी सुनमाया अन्तर्राष्ट्रिय धावक बनेर घर फर्कँदा‍...


सुर्खेत : १६ वर्षकै उमेरमा घरमा विवाहको कुरा चलेपछि थाहै नदिई जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ५ की सुनमाया खलङ्गा झरेकी थिइन्। खलङ्गा झरेको सात वर्षमा घर फर्कँदा उनी जुम्लाकी त्यही सुनमाया बुढा थिइनन्। उनीसँग अन्तर्राष्ट्रिय धावकको परिचय जोडिइसकेको थियो। केही हप्ता अगाडी थाइल्यान्डको च्याङ्ग माइमा भएको १ सय १० किलोमिटर ‘ट्रेल रेस’ मा उनी महिलातर्फ प्रथम भएकी थिइन्।

सुनमायाले १ सय १० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनेट एक सेकेण्डमा  पूरा गरेकी थिइन्। नेपालकी चर्चित अल्ट्रा म्याराथन धाविका मिरा राईले त्यो दुरी पार गर्न १७ घण्टा १२ मिनेट ४८ सेकेन्ड लाग्यो। सुनमायाले राई भन्दा निर्धारित दूरी दुई घण्टा अघिनै पूरा गरेकी थिइन्। महिलातर्फ नेपालकी मिरा राई दोस्रो भइन् भने थाइल्यान्डकी फिचामोन राक्साकुल तेस्रो भएकी थिइन्। 

उनी सोमबार कर्णाली पुगेन्। सुनमायालाई कर्णाली प्रदेश सरकार र कर्णाली खेलकुद परिषद्ले सम्मान गरेको  थियो। खेलकुद परिषद्का पदाधिकारीले सुर्खेत विमानस्थलमै पुगेर उनलाई स्वागत तथा सम्मान गरे। कर्णाली प्रदेश सरकारले कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई प्रोत्साहन बापत दुई लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ।  

बिहान ८ बजेबाट सुरु भएको ११० किलोमिटर पार गर्न राति ११ बज्नै लाग्दा पुरा गरेको सुनमायाले सुनाइन्। सुनमाया अब फ्रान्समा हुने १०१ किलोमिटर लामो ‘अल्ट्रा रेस’ जित्ने सपना पुरा गर्न लागि परेको बताउँछिन्।

सुनमायाको सङ्घर्ष

२०७३ सालमा गाउँकै गङ्गा माध्यमिक विद्यालय पेरेबाट कक्षा १० पास गरिन् उनले। उनी त्यतिवेला १६ वर्षकी थिइन। कक्षा ११ पढ्न सदरमुकाम खलङ्गा जानुपर्थ्यो। उनले पढ्ने इच्छा राखेर घरपरिवारसँग सल्लाह गरिन्। तर  बुवा आमाले बाहिर पढाउन नसक्ने भएकोले बिहे गरेर पढ्न भने। उनले पढ्ने इच्छा भएकोले बिहे नगर्ने निर्णय परिवारलाई सुनाइन् र परिवारलाई नसोधी जुम्ला सदरमुकाम खलङ्गा गइन्।

‘म खेलसँगै पढाइलाई पनि उत्तिकै महत्त्व दिन्थेँ। जसका कारण म कक्षा १० मा पास भएँ। त्यसपछि म बाहिर पढ्न जान्छु भनेर आमा बुवालाई कुरा गरेँ,’ उनले भनिन्, ‘तर बुवा आमाले नै बाहिर गएर पढाउन नसक्ने, बरु बिहे गरेर पढ्न सुझाव दिएपछि म कसैलाई नसोधी सदरमुकाम खलङ्गा आएर हरि गुरुलाई सबै कुरा भनेपछि उहाँले मलाई क्लबमा जोडेर सिकाउनुभयो। उहाँकै कारण म आज यो स्थानसम्म छु।’ 

अहिले २३ वर्षकी उनले कक्षा १२ पास गरेकी छन्। 

हरिबहादुरसँग भेट

पहिलादेखि नै खेल क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगिता जितेकी उनले जुम्ला बजारमा ओलम्पियन धावक हरिबहादुर रोकायाले प्रशिक्षण दिन्छन् भन्ने सुनेकी थिइन्। रोकाया अल्ट्रामा विश्व कीर्तिमानी धावक हुन्।

उनले सुरुमै रोकायालाई भेटिन्। दौडको प्रशिक्षण लिन चाहेको तर घरमा बिहेको प्रस्ताव आएकाले आफू भागेर आएको कुरा प्रशिक्षक रोकायालाई सुनाएको सुनमायाले बताइन्। 

सुनमायालाई उनले आफ्नै घरमा बस्न कोठा दिए। कर्णाली स्पोर्ट्स क्लबमा भर्ना पनि गराए। उनी बिहान प्लस टु पढ्थिन भने दिउँसो दौडको अभ्यास गर्थिन्। उनका आमा बुवालाई समेत थाहा थिएन छोरीले सदरमुकाममा बसेर पढाइसँगै दौडको प्रशिक्षण  पनि लिइरहेकी छन् भन्ने।

उनले पढ्दै गर्दा घरकालाई थाहै नदिई धरानमा भएको १० किलोमिटर दौडमा भाग लिइन् र तेस्रो भइन्। उनले १० किलोमिटर हुँदै ४२ किलोमिटरको म्याराथनका लागि सुनमायालाई तयारी गराउन थाले। राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरे पनि प्रतियोगिता हुन समय लाग्यो। 

उनी सन् २०१६ को सुरुमा ट्रेल रेसमा सहभागी हुन काठमाडौँ गइन्। गोदावरीमा भएको १२ किलोमिटरको ट्रेल रेस पनि जितिन् उनले। गाउँघरको मेलापात, घाँस–दाउरा गर्दा हिँडेका उकाली ओराली चिनेकी सुनमायालाई ट्रेल रेस भनेको थाहा नै थिएन।

त्यसपछि उनलाई मनास्लु स्टेप रेस गर्ने मौका मिल्यो। सात दिनमा १ सय ७० किलोमिटर दौडिनुपर्ने उक्त रेसमा पनि उनी पहिलो नै भइन्। उनी सन् २०१६ डिसेम्बरमा हङकङको एमएसआइजी लङटाउमा दौडमा भाग लिन हङकङ पुगिन्। 

५० किलोमिटरको एमएसआइजी लङटाउमा १८ वर्षमुनिको प्रतिस्पर्धामा उनी एसियातर्फ च्याम्पियन भइन्। सन् २०१९ सम्म उनले एसिया र युरोप गरी दर्जनभन्दा बढी अल्ट्रा रेसमा प्रतिस्पर्धा गरिन्। सुरु–सुरुमा साथीहरूले गेम नखेल पैसा आउँदैन भने पनि खेल प्रतिको चाहनालाई सक्रियताका साथ अगाडी बढाएको सुनाउँछिन् सुनमाया। 

अहिले आमा बुवा र गाउँलेले समेत तिम्रो कारण हाम्रो पनि शिर ठडिएको बताउने गरेको उनी सुनाउँछिन्। सुनमाया एक छोरा र सात छोरीमध्येकी पाँचौँ सन्तान हुन्। 

खेलमा विद्यालय तह देखि नै अब्बल

उनी विद्यालय तहदेखि नै विभिन्न प्रतियोगितामा भाग लिने गर्थिन्। ७ कक्षा पढ्दा देखि नै दौड प्रतियोगितामा भाग लिन्थिन् उनी। प्रतियोगितामा पहिलो हुने गरेको सुनाइन उनले।  उनले विद्यालयदेखि जिल्ला स्तरमै हुने हरेक दौडमा पहिलो स्थान हात पारेको बताइन। १४ वर्षको उमेरमा नै उनले क्षेत्रीय हुँदै राष्ट्रिय स्तरमा छनोट भई राष्ट्रपति रनिङ सिल्ड समेत जितेकी थिइन्।

राष्ट्रपति रनिङ सिल्ड जितेपछि सुनमायाले अन्य प्रतियोगितामा पनि भाग लिन थालेकी थिइन्। उनले विद्यालयस्तरदेखि अन्तर्राष्ट्रिय पुरस्कार र पदकसम्म जितेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

अल्मुताइरीसँगको विवाद कायमै, एन्फाले एक खेलको लागि बनायो नयाँ प्रशिक्षक

एम्फा अध्यक्षमा पङ्कजविक्रम नेम्वाङ निर्वाचित भएपछि बसेको पहिलो बैठकले अल्मुताइरीको विषयमा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको सुझावलाई प्रशिक्षक र कतार फुटबल सङ्घसँग समन्वय....

‘ए’ डिभिजन लिग फुटबलको मिति तय

सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको कार्यसमितिको दोस्रो बैठकले ए डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। ए डिभिजन लिग सकिएलगत्तै....

पूर्वनिर्धारित तालिकाभन्दा कतार विश्वकप एकदिनअघि नै सुरु हुने, यस्तो छ कारण

तर तीन महिना बाँकी हुँदा तालिका किन संशोधन गरियो त? पहिलेको तालिकाअनुसार कतार र इक्वेडरबीचको उद्घाटन मानिएको खेलअघि नै दुईटा खेल हुने तालिका छ। यसले....

यूईएफए सुपर कपको उपाधि जित्यो रियल मड्रिडले

रियलको जितमा डेविड अलाबा र करिम बेञ्जेमाले १-१ गोल गरे। खेलको ३७औं मिनेटमा अलाबाले पहिलो गोल गरेको थिए। यस्तै खेलको ६५औं मिनेटमा बेञ्जेमाले रियलका लागि दोस्रो गोल....

सान्चेजले इन्टर छोडे, फ्रान्सेली क्लब मार्से जाने निश्चित

चिलीका यी खेलाडीले मार्सेसँग दुई वर्षको सम्झौता गर्नेछन्। ३३ वर्षीय सान्चेजले इन्टरमा तीन सिजन बिताउँदा १०९ खेलमा २० गोल गरेका थिए। उनले इन्टरलाई तीन उपाधि....