आजबाट देशभरका विद्यालय बन्द

आजबाट देशभरका विद्यालय बन्द

यसअघि आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले हिउँदे बिदास्वरूप माघ १५ गतेसम्मका लागि विद्यालयहरूलाई बिदा दिन सिफारिस गरेको थियो। सीसीएमसीको सोही सिफारिसलाई मन्त्रालयले कार्यान्वयन गर्ने भएको हो। 

बिदा माध्यमिक तहसम्मका विद्यालयको हकमा मात्र लागू हुनेछ। यस्तै परीक्षा चलिरहेको र परीक्षाको तालिका सार्वजनिक गरिसकेको खण्डमा सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन गर्न पाउने निर्णय भएको छ।

२७ पुस, २०७८, १०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।