माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

यसअघि हिजो कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले आधारभूत विद्यालयलाई हिउँदे बिदास्वरूप माघ १५ गतेसम्मका लागि बिदा दिन सिफारिस गरेको थियो। सीसीएमसीको सोही सिफारिसलाई मन्त्रालयले कार्यान्वयन गर्ने भएको हो। 

यस्तै हिजोको सीसीएमसीको बैठकले परीक्षाको तालिका सार्वजनिक गरिसकेको खण्डमा सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन गर्न पाउने निर्णय गरेको थियो।

२६ पुस, २०७८, १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।