'महाभारा'सँगै उपन्यासकारका रूपमा झुल्किए बसन्त

'महाभारा'सँगै उपन्यासकारका रूपमा झुल्किए बसन्त

उनको पहिलो गैर आख्यान पुस्तक ७२ को विस्मय प्रकाशित भएको थियो। शिलापत्रका प्रधानसम्पादक रहेका बस्नेतका अनुसार यो पुस्तक कोभिड १९ को समयमा भएको बन्दाबन्दीमा लेखेका हुन्।

विमोचन कार्यक्रममा साहित्य अनुरागीहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा लेखक उपेन्द्र सुब्बाले आफ्नो पठन अनुभव बाँडेका थिए। लेखक बस्नेतसँग लेखिका शिवानी शिंह थारुले संवाद गरेकी थिइन्।

मेलामा पुस्तक लोकार्पण कार्यक्रमसँगै उपेन्द्र सुब्बाले किताबबारे टिप्पणी गरे। युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको उनको भनाइ छ। ‘मलाई त यस्तो लाग्छ, यो पहरामा फुलेको अम्लारी फुङ (सुनाखरी फूल) हो,’ उनले भने।

प्रेम,राजनीति, र धर्मको त्रिकोणात्मक द्वन्द्वलाई उपन्यासको मूल आधार बनाइएको छ। पूर्वेली लवजको भाषाको प्रयोग गरिएको छ उपन्यासमा।

कोभिडका कारण सुरु भएको लकडाउनमा आफूले समय पाएको र त्यही बेला उपन्यास लेखनलाई गति दिएको लेखक बस्नेतले बताए । ‘लकडाउनले धेरैलाई कवि बनायो । मलाई उपन्यासकार,’ उनले भने।

'दशक ५० को अन्त्य तथा दशक ६० को सुरु बेलाको समयलाई आख्यानमा उन्ने सोच थियो। त्यस बेला चरमचोटीमा पुगेको युद्ध राजनीति र धार्मिक समूहबिचको कटुतालाई लेख्न त लेख्ने तर कसरी ? यो सोचमा म लामो समय परेको थिए,' पुस्तकमा बस्नेतले लेखेका छन्' उपन्यासले कुनै समुदाय, धर्म वा पन्थलाई होच्याउने, अपमान गर्ने नियत राखेको छैन।'

कार्यक्रममा प्रकाशकका तर्फबाट फाइनप्रिन्टका अजित बरालले आफ्नो धारणा राखेका थिए। आफू ‘महाभारा’लाई लिएर अति उत्साहित भएको उनले बताए। ‘स्मरणीय पात्रहरू, हास्य रसको प्रचुरता र नेपाली आख्यानमा विरलै पाइने संवादले ‘महाभारा’लाई पछिल्लो समयमा प्रकाशित राम्रा आख्यानको पङ्क्तिमा दरिलोसँग उभ्याउनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने।

पुस्तक फाइनप्रिन्टले प्रकाशित गरेको हो। 

२४ पुस, २०७८, १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।