माघ पहिलो साताबाट ६० वर्षमाथि र अग्रपङ्क्तिमा काम गर्नेलाई खोपको तेस्रो मात्रा

माघ पहिलो साताबाट ६० वर्षमाथि र अग्रपङ्क्तिमा काम गर्नेलाई खोपको तेस्रो मात्रा

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका अग्रपङ्क्तिमा खटिने र रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्रा खोप लगाइने भएको हो। 

सचिव पोखरेलले सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै तेस्रो मात्रा दिइने बताए।

नेपालमा हाल कुल परीक्षण गरिएकामध्ये ८.४९ प्रतिशतमा कोभिड–१९ सङ्क्रमण देखिएको छ। हिजै २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको थियो।

२४ पुस, २०७८, १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।