कभर स्टोरी

नारायणहिटीमा बतासले बनाएको अवैध संरचना घन ठोकेर भत्काइँदै 


काठमाडौँ : नारायणहिटी दरबार संग्राहलय परिसरमा बतास समुहले बनाएको संरचना भत्काउन थालिएको छ। बतास अर्गनाइजेशनले सम्झौता विपरीत बनाएको रेस्टुरेन्ट बाहेकको संरचना भत्काउन थालेको हो। 

नारायणहिटी परिसरमा रेस्टुरेन्टको अवैध संरचना बनाएको विषयमा पर्यटन मन्त्रालयले समिति गठन गरेर छानबिन सुरु गरेपछि बतासले समुह संरचना भत्काउन बाध्य भएको हो। 

पर्यटन मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहेको छानबिन समिति गठन गरेको छ। 

समितिले तीन दिन भित्र अध्ययन गरेर सुझाव पेस गर्ने समय पाएको छ। समितिले अध्ययन प्रतिवेदन पेस गर्नु अगाडी शुक्रबार नै बतासले संरचना घन ठोकेर भत्काउँदा नारायणहिटी संग्राहलय विकास समिति भने मौन बसेको छ। 

सम्झौताबारे समितिका प्रमुख भेषनारायण दाहाल, तत्कालीन पर्यटन सचिव यादव कोइराला र तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईको भूमिका शङ्कास्पद देखिएको छ।

बतासलाई नारायणहिटीमा प्रवेश गर्ने बाटो योगेश भट्टराई पर्यटन मन्त्री हुँदा खोलिदिएका हुन्। बताससँग सम्झौता हुँदा मन्त्रालयमा यादव कोइराला सचिव थिए।

भट्टराई पर्यटनमन्त्री हुँदा उनले नारायणहिटीभित्रको लमजुङ कक्षलाई ड्रिङ्क र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गराउने तयारी गरेका थिए। 

पोखराका आनन्द बतास तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी हुँदा पर्यटनसँग जोडिँदै होटल तथा रेस्टुरेन्ट व्यवसायमा जोडिएका हुन्। अटो व्यवसायमा समेत संलग्न उनी पाटन क्षेत्र हुँदै पशुपति क्षेत्रमा प्रवेश गरे।

हेलिकोप्टर दुर्घटनामा अधिकारीको मृत्यु भएपछि भट्टराई पर्यटन मन्त्री बने पनि उनलाई कुनै प्रभाव परेको थिएन। 

बतासबारे उकेराको सामाग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

धराशायी त्रिविका अनुसन्धान केन्द्र १ : आइसियुमा सेडा, अस्तित्व जोगाउनै हम्मे

‘म २०५५ मा काम गर्न आएको थिएँ सेडामा। त्यति बेला सेडाको सानमान अनि काम गराइको रफ्तार देखेर कुनै दिन म पनि यहाँ आउनुपर्छ भन्ने भएको....

रद्द विज्ञापनमा डा. भूपेन्द्रको बढुवा सिफारिसमा लोकसेवालाई स्वास्थ्य सचिवको उल्टै प्रश्न : रद्द भएको विज्ञापनको फर्म किन लियो त?

डा. बस्नेत अधिकृत एघारौँ तहको पदमा बढुवा समितिको मिति २०७८-०९-२१ गतेको निर्णय अनुसार कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्वारा हुने बढुवाका लागि सिफारिस भएका थिए। रद्द भइसकेको विज्ञापन....

शिक्षा मन्त्रालयको नेतृत्व बदलिएसँगै केशर महल ठेक्कामा दिएर रेस्टुरेन्ट र डान्सबार खोल्ने रणनीति ब्युँतियो (प्रतिवेदन सहित )

कोरोनाको तेस्रो लहर चलिरहेको मौका छोपेर शिक्षा मन्त्रालयका अधिकारीहरूले स्थगित भइसकेको केशर महल परिसरलाई हेरिटेज रेस्टुरेन्टको रूपमा चलाउन दिने रणनीतिलाई भित्रैभित्रै पुन तीव्र बनाएका छन्।....

विपन्नको कोरोना राहतमा राजनीति : सत्ताधारी दललाई सहयोग पुग्ने भन्दै एमालेका स्थानीय तहले लिएनन् पैसा

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले त्याएको बजेट प्रतिस्थापन गर्दै नेपाली कांग्रेसको नेतृत्वको सरकारले पाँच लाख परिवारलाई सरकारको तर्फबाट सहयोग दिने कार्यक्रम ल्याएको थियो। प्रधानमन्त्री शेरबहादुर....

'ठेक्का सेटिङ क्विन' बायोमेडिकल इन्जिनियर भावनाको म्याद बढाउन वीरकै उच्च अधिकारी सक्रिय

आफू निकटकालाई कम्पनी दर्ता गर्न लगाएर शिक्षण अस्पताल महाराजगन्जमा टेन्डरमा सेटिङ गरेपछि करार खारेजीमा परेकी उनी कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा आइपुगेकी थिइन्....