ओमिक्रोनको सङ्क्रमणदर: एक सातामै ७१ प्रतिशतले उकालो

ओमिक्रोनको सङ्क्रमणदर: एक सातामै ७१ प्रतिशतले उकालो

हालैका केही अध्ययनले ओमिक्रोन अन्य भेरियन्टको तुलनामा कम असरदार भएको देखाएको थियो। यद्यपि, संसारभर यसको सङ्क्रमणदर निकै उच्च छ। यसले विश्वको स्वास्थ्य प्रणालीलाई नै दबावमा राखेको छ। 

डब्ल्यूएचओका अनुसार पछिल्लो साता यता ओमिक्रोनको सङ्क्रमणदर संसारभर ७१ प्रतिशतले उकालो लागेको छ। अमेरिकामा यही दर १०० प्रतिशतले उकालो लागिरहेको छ। 

ओमिक्रोन सङ्क्रमितहरू ९० प्रतिशत खोप नलगाएका जनसङ्ख्या रहेको पनि डब्ल्यूएचओले बताएको छ।

२३ पुस, २०७८, ११:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।