टौदह: जहाँ उत्तरी देशका पाहुना चरा आश्रय लिन्छन्

टौदह: जहाँ उत्तरी देशका पाहुना चरा आश्रय लिन्छन्

चीन, मंगोलिया, रूस, साइबेरियालगायत उत्तरी देशका पक्षीहरू यहाँ जाडो छल्न आउँछन्। यसरी आश्रय लिन आउनेमा रुड्डी सेलडक, रेड–क्रिस्टेड पोचार्ड, कमन पोचार्ड, फेरुजुनस डक, नोर्थन सोभलर डक, ग्याडवल डक, युरेसियन विजन, कमन टेललगायत छन्। अङ्ग्रेजी महिनाको अक्टुबरबाटै यहाँ यी चराहरू आउनेक्रम जारी रहन्छ।

यिनीहरू यहाँ जाडो छलेर पुनः आफ्नो प्राकृतिक वासस्थानमा फर्किन्छन्। यहाँ बसुञ्जेल टौदहको शुद्धिकरणमा यिनीहरूले महत्त्वपूर्ण भूमिका निभाउँछन्। 

तर कंक्रिटको संरचना, छेउमै रहेको व्यस्त सडक र दह किनारमा अवस्थित रेष्टुराँहरूले वर्षेनी पाहुना चराहरूको संख्या कम हुँदै गएको स्थानीय बताउँछन्।

टौदह ऐतिहासिक दृष्टिकोणबाट समेत महत्त्वपूर्ण मानिन्छ। दहको रूपमा रहेको काठमाडौं उपत्यकाबाट पानी निकास भएपछि बाँकी रहेको प्राकृतिक दहको रूपमा टौदहलाई लिइन्छ।

२२ पुस, २०७८, ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।