सशस्त्र प्रहरीका जवान बहुविवाहको कसुरमा जेल परे, धरौटी तिर्न नसकेपछि कान्छी श्रीमती पनि कारागारमै

सशस्त्र प्रहरीका जवान बहुविवाहको कसुरमा जेल परे, धरौटी तिर्न नसकेपछि कान्छी श्रीमती पनि कारागारमै

चितौरेले घरमा श्रीमती हुँदाहुँदै कान्छी श्रीमतीको विवाह दर्ता गरेका थिए। सुर्खेत लेकवेशी नगरपालिका वडा नम्बर ९ का चितौरेलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मङ्सिर ५ गते लेकवेसीबाट पक्राउ गरेको थियो। 

उनकी कान्छी श्रीमती उदयपुरको बेलडा नगरपालिका-७ की मन कुमारी आलेलाई चितौरेकी जेठी श्रीमती मुना रोकायको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको थियो। 

जिल्ला अदालतले मङ्सिर २९ गते दिएको आदेश अनुसार चितौरे र उनकी कान्छी श्रीमतीलाई बहुविवाहको कसुरमा जेल चलान गरिएको प्रहरीले जानकारी दिएको छ।

अदालतले दुई लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो मनकुमारीलाई। धरौटी तिर्न नसकेपछि कारागारमै बसिरहेकी छन् मनकुमारी।

‘अर्जुनलाई पुर्पक्षका लागि कारागार ल्याइएको छ। उनकी कान्छी श्रीमती मनकुमारीलाई दुई लाख रुपैयाँ धरौटी अदालतले तोकेको छ,’कारागार स्रोतले भन्यो, ‘अर्जुनको विषयमा यसपछिका फैसलाले के कति सजाय हुने भन्ने आउला, मनकुमारीले जति बेला दुई लाख तिर्यो त्यति बेला छुट्छिन्। अहिले उनी कारागारमै छिन्।’

अर्जुन कार्तिक २२ गते नक्कली बिहे दर्ता बनाएर नवलपरासी गएका थिए। वडाध्यक्ष र अर्जुनका बुवाले नवलपरासीबाट अर्जुन र मनकुमारीलाई सुर्खेत ल्याएका थिए। 

विवाह दर्ताका लागि अर्जुनले वडाध्यक्षको प्यासेन्जरमा आफू पल्टनमै हुँदा पठाएको दुवै जनाको नागरिकता र जन्म दर्ताको स्क्रिन सटसहित उकेराले समाचार प्रकाशित गरेको थियो। 

मुनाको उमेर १९ वर्ष मात्रै भएकोले एक छोरी हुँदासम्म उनले विवाह दर्ता प्रमाणपत्र पाएकी थिइनन्। 

नक्कली विवाह दर्तामा मिलेमतो गर्ने वडा अध्यक्ष र वडा सचिव पुष्पा कुमारी खनालको विषयमा कुनै पनि जाहेरी नआएकोले त्यो तर्फ अनुसन्धान नगरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

 

२० पुस, २०७८, १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।