पशुपतिको धर्मशालालाई होटल बनाएको विवादित बतास समूहलाई योगेश भट्टराईले नारायणहिटी छिराए, सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट खुल्दै 

पशुपतिको धर्मशालालाई होटल बनाएको विवादित बतास समूहलाई योगेश भट्टराईले नारायणहिटी छिराए, सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट खुल्दै 

अर्गनाइजेसन अन्तरगतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट । पशुपति क्षेत्र विकास कोष अन्तरगतको धर्मशालाभित्र पनि होटेल चलाइरहेको समूह हो, बतास अर्गनाइजेसन ।

नारायणहिटी दरबार सङ्ग्रहालय अनि गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले  बतास समूहलाई सङ्ग्रहालय परिसरमा रेस्टुरेन्ट खोल्न  अनुमति दिएपछि उसले धमाधम भौतिक संरचना बनाइरहेको छ। बतासलाई नारायणहिटीमा प्रवेश गर्ने बाटो योगेश भट्टराई पर्यटन मन्त्रिहुँदा खोलिदिएका हुन्। बताससँग सम्झौता हुँदा मन्त्रालयमा यादव कोइराला सचिव थिए।

भट्टराई पर्यटनमन्त्रीहुँदा उनले नारायणहिटीभित्रको लमजुङ कक्षलाई ड्रिङ्क र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गराउने तयारी गरेका थिए। 

भट्टराई मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी र पुरातत्त्व विभागका कामु महानिर्देशक दामोदर गौतमसहितको टोलीले सङ्ग्रहालय अवलोकन गर्न गएको बेलामा उनले  सङ्ग्रहालयको लमजुङ कक्षमा रहेको डाइनिङ हल भाडामा दिने गरी छलफल गर्न निर्देशन दिएका थिए। यो सार्वजनिक भएसँगै विवाद भएपछि तत्कालीन पर्यटन मन्त्री भट्टराईले हल नखोल्ने तर कफी सप खुल्न सक्ने बताएका थिए।

पोखराका आनन्द बतास तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारी हुँदा पर्यटनसँग जोडिँदै होटल तथा रेस्टुरेन्ट व्यवसायमा जोडिएका हुन्। अटो व्यवसायमा समेत संलग्न उनी पाटन क्षेत्र हुँदै पशुपति क्षेत्रमा प्रवेश गरे। हेलिकोप्टर दुर्घटनामा अधिकारीको मृत्यु भएपछि भट्टराई पर्यटन मन्त्री बने पनि उनलाई कुनै प्रभाव परेन। उनी भट्टराइकै पालामा भएको सम्झौतामा टेकेर अब नारायणहिटीमा प्रवेश गर्ने पक्का भएको छ।

 

१९ पुस, २०७८, १८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।