मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त

मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त

काठमाडौं : मानसिक अस्पताल पाटनको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त भएका छन्। स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गरी डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।

नवनियुक्त निर्देशक डा. अधिकारीले आइतबार नै मन्त्रालयबाट पत्र बुझेका छन्। 'हिजै मन्त्रालयबाट पत्र बुझिसकें। अब नयाँ जिम्मेवारी सम्हाल्छु,' उनले भने। 

काभ्रे, कुशादेवीका डा. अधिकारी मानसिक अस्पताल पाटनका प्रमुख कन्सल्ट्यान्ट साइक्याट्रिक्स (एघारौं तह) थिए। मानसिक अस्पतालका यसअघिका निर्देशक डा. मोहनराज श्रेष्ठले तीन हप्ताअघि अवकाश पाएपछि डा. अधिकारीलाई निर्देशकमा नियुक्त गरिएको हो।

१९ पुस, २०७८, १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।