मेस्सीलाई कोरोना: क्रिसमसको मनाउन जाँदा सङ्क्रमण, पीएसजीलाई तनाव

मेस्सीलाई कोरोना: क्रिसमसको मनाउन जाँदा सङ्क्रमण, पीएसजीलाई तनाव

एजेन्सीः विश्व चर्चित फुटबल खेलाडी लियोनल मेस्सीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ। हिजो फ्रेन्च क्लब पीएसजीले मेस्सीसहित टीमका अन्य तीन खेलाडीमा कोरोना भाइरस सङ्क्रमण देखिएको बताएको थियो।

पीएसजीबाट कोरोना सङ्क्रमित हुनेमा हुआन बर्नेट, सर्जियो रिको र नेथन बिटुमाजाला रहेका छन्। पीएसजी आज राति हुने भान्सविरुद्धको खेलमा मेस्सीबिनै मैदानमा उत्रनुपर्नेछ। 

यस्तै टीममा नेयमार पनि हुनेछैनन्। उनी पनि हाल इन्जुरीका कारण ब्राजिलमै छन्। उनी ९ जनवरीमा मात्र पेरिस फर्कनेछन्। योसँगै पीएसजीले तनावमा रहेको छ। पीएसजी अब एम्बापेको भरमा रहनेछ। 

मेस्सी पनि हाल अर्जेन्टिनामै छन्। उनी क्रिसमसको बिदा मनाउन जाँदा सङ्क्रमित भएको बताइएको छ। शनिबार उनमा कोरोना पोजेटिभ पाइएको हो।

 

१९ पुस, २०७८, ०७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।