स्मार्टच्वाइस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भिसबीच सम्झौता
काठमाडौंः स्मार्टच्वाइस टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र गेटवे पेमेन्ट सर्भिसले सञ्चालन थालनीको तयारी गरेको युपीआइ नेपाल क्यूआरबीच अन्तरआवद्धताको लागि सम्झौता सम्पन्न भएको छ।
यस सम्झौताले मुलुकको समग्र डिजिटल भुक्तानी प्रणालीको विकास तथा प्रवर्द्धनमा टेवा पुग्ने आशा गरिएको छ।
सम्झौतापछि युपीआइ नेपाल क्युआरको सुविधा लिने बिभिन्न व्यापार(व्यवसायलाई स्मार्ट क्युआरको नेटवर्क अन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्तानी गर्न सक्छन्।
यस्तै स्मार्ट क्यूआर मार्फत भुक्तानी लिँदै आएका व्यापार—व्यवशायले युपीआइ नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरू मार्फत पनी भुक्तानी लिन मिल्ने भएको छ।
असोज ३, २०७९ सोमबार १८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।