मतदानको दिन मजदुरलाई बिदा दिन महासँघको आग्रह

मतदानको दिन मजदुरलाई बिदा दिन महासँघको आग्रह

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले स्थानीय निर्वाचनमा कर्मचारीलाई मतदान गर्नका लागि बिदा दिन नीजि क्षेत्रलाई आग्रह गरेको छ। महासंघले वैशाख ३० गते, शुक्रवारका दिन सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्ना कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो। 

सरकारले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै उक्त दिन निजी क्षेत्रका उद्योग–प्रतिष्ठानहरूमा काम गर्ने श्रमिक–कर्मचारीहरूलाई पनि निर्वाचनमा सहभागी हुन आवश्यक व्यवस्था मिलाउने गरी सहयोग हुन सम्बन्धित सबैमा उद्योग वाणिज्य महासंघले एक विज्ञप्ति जारी गर्दै अनुरोध गरेको छ।

वैशाख २८, २०७९ बुधबार १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।