शुक्रबार ११ पुस, २०८२
कलंकीमा टिपरले ठक्कर दिँदा धादिङका दिवाकरको मृत्यु
काठमाडौंः आज बिहान कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको धुनिवेशी नगरपालिका- २ बस्ने ४५ वर्षीय दिवाकर अधिकारी रहेका छन्।
गम्भीर घाइते भएका उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
थानकोटबाट स्वयम्भूतर्फ आउँदै गरेको बा८०प ६३७३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा५ख ७३४५ नम्बरको टिपरले आज बिहान ३ बजे ठक्कर दिएको हो।
दुवै सवारी साधन र टिपर चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।
वैशाख २८, २०७९ बुधबार १०:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।