आज विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।
यस्तै “असानी“ नामको चक्रवात पनि हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। यतिबेला देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का एक-दुई स्थानहरूमा मेघगर्जनसहित वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
वैशाख २८, २०७९ बुधबार ०७:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।