शुक्रबार ११ पुस, २०८२
भरतपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या
चितवनः भरतपुर महानगरपालिका–७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ। कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहले भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको हत्या गरेको हो।
घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताएका छन्।
वैशाख २६, २०७९ सोमबार ०७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।