४७ वर्षअघि भक्तपुरबाट हराएको नवौं शताब्दीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका
काठमाडौंः नवौं शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाल फिर्ता हुने भएको छ। हाल अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीमा रहेको मूर्ति ग्यालरीले नेपाललाई फिर्ता गर्ने भएको हो।
न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच शुक्रबार उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ।
विसं २०३२ मा भक्तपुरको गोलमाडीस्थित वीरभद्रेश्वर महादेव मन्दिरबाट उक्त मूर्ति हराएको थियो। सात वर्षअघि येल युनिभर्सिटी आर्ट ग्यालरीलाई एक दाताले उक्त मूर्ति प्रदान गरेका थिए।
मूर्ति नेपालको भए/नभएको सम्बन्धमा ग्यालरी र नेपालको पुरातत्व विभागले बेग्ला–बेग्लै अनुसन्धान गरेका थिए।
वैशाख २४, २०७९ शनिबार ०८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।