नक्कली प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ति लिएका गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ति लिएका गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ति लिएर लाभ लिएको आरोपमा एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ।

आयोगमा पाँचथरको तुम्वेबा गाउँपालिका–४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्राविमा पीसीएलको  शिक्षक (करार) बिरजुकुमार गच्छदारविरुद्ध मुद्दा दायर भएको हो।

अनुसन्धानको क्रममा गच्छदारले नक्कली प्रमाणपत्र पेश गरी सरकारी लाभ लिएर भ्रष्टाचार गरेको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

वैशाख २३, २०७९ शुक्रबार १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।