लागुऔषध सहित दुई जना भारतीय नागरिक पक्राउ
नवलपरासी : नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-५, बैदौलीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बेदौलीस्थित भित्री सडक खण्डमा युपी५६एएन ३९४२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
मोटरसाइकलको डिक्कीभित्र रहेको झोलामा डाइजापाम १७५ एम्पुल, फेनारगन १७५ एम्पुल र नुफिन १७५ एम्पुल अवैध लागुऔषध फेला पारेको हो।
प्रहरीले मोटरसाइकल चालक भारतको महाराजगञ्ज, रेगंहिया बस्ने वर्ष २० का भोलु चौहान र पछाडि बस्ने भारतकै गोरखपुर बस्ने १९ वर्षीय राकेश सहानीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिए।
वैशाख २१, २०७९ बुधबार ०७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।