दुई सयले घट्यो सुनको मूल्य, चाँदी २० रुपैयाँले

दुई सयले घट्यो सुनको मूल्य, चाँदी २० रुपैयाँले

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ। निकै महँगिएर केही दिनयता ओरालो लाग्दै गरेको सुनको मूल्य आज दुई सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ९९ हजार रुपैयाँ कायम भएको हो। यस्तै आज तेजाबी सुनको मूल्य ९८ हजार पाँच सय कायम भएको छ।

आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ। आज चाँदी एक हजार तीन सय रुपैयाँ कायम भएको छ।

वैशाख १८, २०७९ आइतबार ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।