थप १४ जनामा कोरोना संक्रमण पुष्टि

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : पछिल्लो दिन १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार दुई हजार ७७१ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २४३ जना रहेका छन्। पछिल्लो समय १९ जना संक्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६१२ पुगेको छ। यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

शून्य संक्रमित हुने जिल्ला ३० पुगेका छन्। नेपालमा सङ्क्रमण दर १७.४ प्रतिशत छ। नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको निधन भएको छ। हाल होम आइसोलेशनमा २३७, संस्थागत आइसोलेशनमा छ जना र सघन उपचारकक्षमा एक जनाको उपचार भइरहेको छ। 

विगत २४ घण्टामा दुई लाख नौ हजार ५६ जनाले खोप लगाएका छन्।
 

वैशाख १६, २०७९ शुक्रबार १९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।