हिमालय एयरलाइन्सको शौचालयबाट सुन तस्करी हुँदै गर्दा ५ जना पक्राउ
काठमाडौंः हिमालय एयरलाइन्सको शौचालयबाट सुन तस्करी हुँदै गर्दा पाँच जना पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालयले विमानको शौचालयबाट निकालेर ल्याउँदै गरेको दुई किलो तीन सय ३२ ग्राम सुन बरामद गरेको हो।
बिहीबार दुबईबाट काठमाडौं आएको सो विमानको शौचालयभित्रको डस्टबिनमा मीनकुमार माबो र सुमन तामाङले सुन राखेका थिए। त्यसलाई पछि सफाइ कर्मचारीले निकालेर बाहिर ल्याउँदै गर्दा सफाइ कर्मचारी तीन जनासहित पाँच जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पाँचथरका २८ वर्षीय मीनकुमार माबो, नुवाकोटका २७ वर्षीय सुमन तामाङ, उदयपुरका २८ वर्षीय राजेश राई, दोलखाका ४१ वर्षीय ट्याक्सी चालक हेम बहादुर थापा र हिमालय एयरलाइन्सको विमानमा सफाइ कर्मचारी उपलब्ध गराउने कम्पनी सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिका सुपरभाइजर सप्तरीका ताराकान्त चौधरी रहेका छन्।
वैशाख १६, २०७९ शुक्रबार १३:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।