चितुवाको छालासहित वीरेन्द्रनगरबाट तीन जना पक्राउ
सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक थान अवैध चितुवाको छालासहित वीरेन्द्रनगर बजारबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेत दर्नाकोटका २३ वर्षीय अम्मर थापा, ४० वर्षीय भरतबहादुर बुढा र वडा नं १२ बस्ने ४० वर्षीय दलबहादुर बुढा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार उनीहरूलाई बुधबार वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बसपार्कस्थित नन्दबहादुर शाहीको सुनिता होटलबाट पक्राउ गरिएको हो।
चितुवाको छाला कारोबार भइरहेको गोप्य सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई त्यहाँबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।
वैशाख १५, २०७९ बिहीबार ११:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।