मलङ्गवामा एक घरमा आगलागी हुँदा १५ लाखको क्षति

मलङ्गवामा एक घरमा आगलागी हुँदा १५ लाखको क्षति

सर्लाहीः मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलगी हुँदा १५ लाख बराबरको क्षति भएको छ। स्थानीय नेता जयप्रकाश मल्लिकको घरमा आज बिहान ४ बजे आगलगी हुँदा अन्नपात, लत्ताकपडा र गरगहना जलेर १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए।

विद्युत् चुहावट हुँदा घरमा आगलगी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताएका छन्।

घरमा सुतिरहेको समयमा आगलगी हुँदा ठूलो क्षति हुन पुगेको पीडित मल्लिकले बताए। छिमेकीले भनेपछि मात्र घरमा आगो लागेको मल्लिक परिवारले थाहा पाएको थियो।

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

वैशाख १३, २०७९ मंगलबार १२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।