युक्रेनले भन्योः 'कीभ बाहिर ९ शव भेटियो, केहीमा यातनाको संकेत'

युक्रेनले भन्योः 'कीभ बाहिर ९ शव भेटियो, केहीमा यातनाको संकेत'

किभ : युक्रेनको राजधानी कीभ बाहिर बोरोद्यान्का शहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ। एक वरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार ती मृतकको देहमा केही यातनाको सङ्केत पनि  देखिएको छ।

यी मानिसहरूलाई नियन्त्रणमा लिएर मारेको हुनसक्ने यातनाका संकेतहरू देखाएका छन्। ती मानिसहरू सर्वसाधारण थिए। रूसी सेनाले जानाजानी कुनै पनि प्रतिरोध नगर्ने नागरिकहरूलाई गोली हाने मारेको कीभ क्षेत्रका प्रहरी प्रमुखले बताएका छन्।

यसअघि युक्रेनको अर्को सहर बुचामा पनि शवहरू यत्र तत्र छरिएको अवस्थामा फेला परेका थिए। युक्रेनमा रुसले आक्रमण गरे यता ५० लाख बढी युक्रेनी छिमेकी देशमा शरण लिन पुगेका छन्। रुसले अहिले पूर्वीयुक्रेनमा आक्रमण तिव्र पारेको छ। 

वैशाख ८, २०७९ बिहीबार १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।