बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

बुटवल : बस दुर्घटना हुँदा पाल्पामा दुई जनाको मृत्यु भएको छ। पाल्पाको रैनादेवी छहरा-६, जुठापौवामा ग१ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका रैनादेवी छहरा-६, धारापानीका ४२ वर्षीय बेदबहादुर जिसी र १० वर्षीया अशोक रास्कोटीको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार बस सडकबाट चार सय मिटर तल खस्दा सोही ठाउँका ७ वर्षीया बालक रोहित घर्ती, ८ वर्षीय मिलन बगाले, ८ वर्षकै रोमन घर्ती र ९ वर्षीया खिमबहादुर घर्ती सख्त घाइते भएका छन्।

घाइते चार जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ।

वैशाख ३, २०७९ शनिबार ०९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।