रुस–युक्रेन युद्धः रुसी सेनाले मेरा श्रीमानलाई गोली हानी मारे, मलाई पटक–पटक बलात्कार गरे

रुस–युक्रेन युद्धः रुसी सेनाले मेरा श्रीमानलाई गोली हानी मारे, मलाई पटक–पटक बलात्कार गरे

एजेन्सी : रुसी सेनाहरु अब कहिले पनि सदमा बाट बाहिर निस्कन नसक्ने जिन्दगीहरुलाई छोडेर युक्रेनको राजधानी कीव बाट बहिरिएका छन्। बीबीसीको टोलीले त्यहाँको स्थानीयहरुसँग गरेको कुराकानीमा धेरै जसो महिलाहरु पिडित भएको पाईएको छ। जसमा उनीहरुले आफु माथी रुसी सेनाले गरेको बलात्कारका घटनाहरु समावेश गरेका छन्।  

नोट : यस रिपोर्टमा यौन हिँसासँग सम्बन्धित रहेका विचलित पारिदिने घटनाहरु समावेश छन्। 

घटना नं १ 
कीवको  करिब ७० किलोमिटर टाढा रहेको पश्चिम दिशामा एउटा सुनशान ग्रामिण क्षेत्रमा ५० वर्षीय एन (परिवर्तित नाम) बस्छिन्। मार्च ७ मा एना आफ्नो श्रीमान सँग घरमै बसिरहेकी थिइन्।  त्यत्तिकैमा केहि विदेशी सैनिकहरु उनको घरमा आए। उनि भन्छिन, 'उनीहरुले बन्दुक बोकेका थिए। एक जनाले मलाई बन्दुक ताकेर मलाई एउटा नजिकैको घरमा लगेर गयो। उसले मलाई ’आफ्नो कपडा खोल नत्र गोलि हान्दिन्छु’ भने। उसले मलाई लगातार धम्की दिइनै रह्यो। र त्यस पछि मेरो बलात्कार गर्न शुरु गर्यो।'

उनलाई हमला गर्ने व्यक्ति भर्खरको, दुब्लो पातलो, र रुससँग सम्बन्धित चेचन लडाकु रहेको उनि बताउछिन्। उनि भन्छिन्, 'उसले मेरो बलात्कार गरिराखेको बेला ४ जना अरु सैनिक पनि आएका थिए। त्यति खेर अब मलाई बाच्छु जस्तो लागेको थिएन। तर, उनीहरुले त्यो सैनिकलाई बाहिर लगेर गयो र त्यस पछि मैले अहिलेसम्म त्यसलाई देखेको छैन।'
रुसी सैनिककै अर्को टोलीले उसलाई बचाएको उनि बताउछिन्। त्यस पछि एना जब घर पुगिन् उनले आफ्नो श्रीमान् घायल भएको देखिन्। उनको पेटमा गोलि लागेको थियो। एनाका अनुसार, उनको श्रीमान् उनलाई बचाउन पछि पछि भाग्दा उनीहरुले गोलि चलाएका हुन्। 

त्यस पछि एना र उनको श्रीमान् आफ्नो छिमेकीको घरमा बस्न गए। तर बाहिर झडप जारी रहेको कारण उनको श्रीमान्लाई अस्पताल पुर्याउन सकिएन र दुई दिन पछि उनको मृत्यु भयो। आफ्नो दुख कुरा सुनाउद उनको आखाँबाट आशु रोकिएका छैनन्। उनले आफ्नो घर पछाडी छिमेकीको मददमा श्रीमान्लाई गाडिएको ठाउँ पनि देखाईन्। एना अहिले स्थानीय अस्पतालको सम्पर्कमा रहेर मानसिक परामर्श लिइरहेकी छिन्। 

उनलाई बचाउने सैनिकहरु केहि दिन सम्म उनकै घरमा बसे। सैनिकहरुले बन्दुक देखाउंदै आफ्नो श्रीमान् को समान मागेको एनाको भनाइ छ। उनि भन्छिन्, 'जब उनीहरु मेरो घरबाट गए त्यस पछि मैले ड्रग्स लगायतका लागुपदार्थहरु भेटे। उनीहरु प्राय नशामै रहन्थे। उनीहरु प्रायजसो हत्यारा, बलात्कारी र लुटेराहरुनै थिए। केहि केहि मात्र अलि असल थिए।'

घटना नं २ 
एनाको घरबाट अलिकति टाढा यत्स्तई दर्दनाक कहानी सुन्नमा आयो।  त्यहाँ एउटा महिलालाई कथित रुपमा बलात्कार गरेर हत्या गरेको पाईएको छ। यस घटनामा संलग्न व्यक्ति एनाकै बलात्कारी भएको छिमेकीहरु बताउछन्। यो घटना एनाको घरमा जानु भन्दा अगाडी घटेको उनीहरुको भनाइ छ। छिमेकीहरुका अनुसार हत्या भएको महिलाको उमेर ४० को आसपास रहेको थियो। उनलाई आफ्नो घर नजिकको खाली कोठामा लगेर गए। जहाँको घरधनीहरु युद्द शुरु हुनु भन्दा अगाडीनै घर छोडेर गैसकेका थिए।  

एकदमै मिहिन तरिकामा सजिएको त्यो घरको एउटा चिटिक्क परेको कोठा अब खतरनाक घटना घटेको क्राईम सिन बनेको छ। यहाँको सिरक र डस्नामा रगत लत्पतिएको छ। कोठाको कुनामा एउटा सिसामा लिपस्टिकले केहि लेखिएको थियो। यस्तो लाग्छ कि त्यसमार्फत पिडितलाई गाडिएको ठाउँको बारेमा जानकारी लेखिएको छ। 

छिमेकी ओक्सानाका अनुसार उक्त महिलाको शव फेला पारेका रुसी सैनिकहरुले यो नोट छोडेका थिए। त्यस पछि उनीहरुलेनै महिलालाई गाडिएको थियो। उनि भन्छिन्, 'उनीहरु (रुसी सैनिक)ले मलाई भने, ’यो महिला माथी बलात्कार भएको थियो र यसको घाँटी काटिएको थियो। धेरै रगत बगेको कारण उनको मृत्यु भयो।'

त्यो महिलालाई सोहि घरको बगैचामा पुरिएको छ। बीबीसी टोली पुगेको १ दिन पछि प्रहरीले उनको शव बाहिर निकालेका थिए। त्यो महिलाको शरीरमा कुनै पनि कपडा थिएन र गर्दनमा एउटा लामो काटिएको खत देखिएको थियो। 

घटना नं ३ 
कीव क्षेत्रको प्रहरी प्रमुख नेबयतोफÞले उनीहरुको विभागले पनि राजधानी भन्दा ५० किलोमिटर टाढा यस्तै घटनाको छानबिन गरिरहेको बताएका छन्। यस घटनामा एउटा परिवार आफ्नो सानो बच्चाको साथ गाउँको किनारामा बस्ने गथ्र्यो। नेबयतोफÞ भन्छन्, '९ मार्चमा रुसी सेनाको कयौं सैनिकहरु उनीहरुको घरमा घुसे। श्रीमान् ले आफ्नो बच्चा र श्रीमतीलाई बचाउन कोशिस गरेको कारण उनलाई घर बाहिर निकालेर गोलि हानियो। त्यस पछि बारम्बार श्रीमतीमाथी बलात्कार गरियो। उनिहरु जाने आउने गर्न थाले।  उनीहरु ३ पटक सम्म सो महिलाको बलात्कार गर्न भनेर आएको बताइएको छ। पतिरोध गर्यो भने बच्चालाई नोक्सान पुर्याउने धम्कि पाए पछि सो महिला पटक पटक बलात्कृत हुन बाध्य भइन्।'

सैनिकहरु यस घरबाट बाहिरिँदा महिलाको घरमा आगो लगिदियो र घरको कुकुरलाई समेत गोलि हानेर मारियो। तर, सो महिला र उनको बच्चा बाचन सफल भए। नेबयतोफÞका अनुसार उनको टोलीहरु मिलेर सो महिलाको बयान लिँदा उनले यो सब कुरा बताएकी हुन्।

प्रहरीहरु केहि समय देखि उक्त जलेको घरमा अनुसन्धान गरिरहेका छन्। तर यस क्षेत्रमा त्यो जलेको घर र जलिसकेको पुरानो यादहरु मात्र बाँकी छन्। खरानीको थुप्रोमा बच्चाको साइकल, खेलौना, कुकुर बाँध्ने जन्जिर र जाडोमा लगाउने सो महिलाको श्रीमान् को जुत्ता मात्र फेला परेको प्रहरीले जनाएको छ। सो महिलाको छिमेकीहरुले उनको श्रीमान्लाई बगैंचामा पुरिएको भए पनि प्रहरीले उनको शव अनुसन्धानका लागि बाहिर निकालेको छ। प्रहरीका अनुसार उनीहरु यो मुद्दालाई अन्तराष्ट्रिय अदालतमा लगेर जान चाहन्छन्। 

युद्धमा भएको अपराधहरुको जाँच 
यूक्रेनको मानवअधिकारकर्मी ओमबुड्समैन ल्युडम्याला डेनिसोवा यस्ता घटनाहरुको छानबिन जारी रहेको बताउँछन्। उनी भन्छन्, 'बूचामा रुसी सैनिकले कब्जा गरेको समयमा एउटा बिल्डिंगमा १४ देखि २४ वर्षीयका २५ जना केटिहरुमाथी बारम्बार बलात्कार भएको पाइएको छ। उनीहरु मध्ये ९ जना गर्भवती छन्।'

यसबारेमा रुसी सैनिकहरुसँग डेनिसोवाले लुरा गर्दा उनीहरुले भने,'उनीहरुसँग तब सम्म बलात्कार भैरहन्छ जब सम्म ति महिलाहरुले अरु सँग शारीरिक सम्पर्क राख्नको बारेमा सोच्न छोड्छन्। जस पश्चात उनीहरुले युक्रेनी बच्चालाई जन्म दिन सक्दैनन्।' उनलाई बारम्बार सपोर्ट हेल्प्लाईन, टेलिग्राम लगायतका विभिन्न सामाजिक संजालहरुमा मेसेज आएको भन्दै उनि भन्छन्, ’’एकजना २५ वर्षीय महिलाले हामीलाई फोन गर्यो। फोनमा उनले आफ्नो १६ वर्षीय बहिनीमाथि आफ्नै अगाडी सडकमा बलात्कार भएको जानकारी दिइन्। बलात्कार गर्दा उनीहरुले 'हरेक नाजी वैश्याको हालत यस्तै हुन्छ’ भनेर ठुलो ठुलो स्वरले कराएको उनले सुनाइन्।'

बीबीसी टोलीले युद्दको समयमा रुसी सैनिकहरुले गरेको यौन अपराधको बारेमा अनुसन्धान गर्न सम्भव छ भनेर प्रश्न गर्दा डेनिसोवा भन्छन्, 'अहिले तकालको लागि यो सम्भव छैन किन भने धेरै मान्छेहरु त हामीलाई यस्ता घटनाको बारेमा बताउन पनि चाहदैनन्। उनीहरु तयार छैनन् उनीहरुमा भएको अपराधको बारेमा बोल्न चाहदैनन्। यसमा प्राय मानिसहरु मनोवैज्ञानिक सहयोग मागिरहेका छन्। हामी यस्तो घटनाहरुको तब सम्म जाहेरी लिन सक्दैनौ जब सम्म उनीहरु आफ्नो बयान दिन खोज्दैनन्।'

युक्रेनले संयुक्त राष्ट्रलाई एक विशेष ट्राइब्युनल बनाएर रुसको राष्ट्रपति भ्ल्यादिमिर पुटिनको खिलाफ र युद्दमा भएको अपराध जस मध्ये पनि यौन अपराधहरु बारे विशेष अनुसन्धान गर्न माग गर्नुपर्ने उनको भनाइ छ। एना पुटिन सँग प्रश्न गर्न चाहन्छिन्, ’यो सब किन भैरहेको छ? हामी अहिलेको समयमा आएर पनि शान्तिपूर्ण वार्ता गर्न सक्दैनौ? किन यसरी कब्जा गरेर हत्या गरिरहेका छन्?'

चैत ३०, २०७८ बुधबार १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।