प्रधानमन्त्री देउवासँगै स्वास्थ्यमन्त्री खतिवडा भारत भ्रमणमा

प्रधानमन्त्री देउवासँगै स्वास्थ्यमन्त्री खतिवडा भारत भ्रमणमा

काठमाडौँ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको भारत भ्रमणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र स्वास्थ्य तर्फका सचिव डा.रोशन पोखरेल पनि सहभागी रहेका छन्।

भ्रमणमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका केही विषयमा सहमति हुने भएकाले मन्त्री र सचिव सो टोलीमा सहभागी भएका हुन्। भ्रमणमा स्वास्थ्यसंग सम्बन्धित केही विषयमा समझदारी गर्ने गरी छलफल हुने बताइएको छ। 

भारतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २ सय थान डायलिसिस मेसिन दिने, तनहुँको दुलेगौंडा स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा अगाडि बढाउने र नेपाल र भारत दुवै देशका एमडिएमएस विद्यार्थीलाई दुवै देशले दुईतिरकै मान्यता दिने समझदारी पत्रमा हस्ताक्षर गर्ने मन्त्रालयको तयारी छ। 

मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका छन्। 

चैत १८, २०७८ शुक्रबार १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।