टिपरले पछाडिबाट विद्युत प्राधिकरणको बोलेरोलाई ठक्कर दिँदा एक जनाको मृत्यु, ५ घाइते
सप्तरीः पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको खड्क नगरपालिका–५ रञ्जितपुरमा टिपरले पछाडिबाट ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको विद्युत् प्राधिकरण बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नं को बोलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना७ख २६५८ नं को टिपरले पछाडिबाट ठक्कर दिएको थियो।
सो ठक्करबाट बोलेरोका चालक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै बोदेबर्साइन नगरपािलका–१० का ३० वर्षीय शैलेश यादव, ३० वर्षीय महेश चौधरी, वडा नं ५ का २६ वर्षीय वृजेशकुमार यादव, ३० वर्षीय जयशङ्कर साह र सिरहाको लहान नगरपालिका–८ का ३५ वर्षीय अरुणकुमार सिंह घाइते भएका छन्।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चैत १८, २०७८ शुक्रबार १३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।