लोसपा सरकारमा जाने, तीन वटा मन्त्रालय माग गर्दा गठबन्धन दुईटा मात्र दिन तयार

लोसपा सरकारमा जाने, तीन वटा मन्त्रालय माग गर्दा गठबन्धन दुईटा मात्र दिन तयार

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, सरकारमा जाने तयारीमा रहेको छ। पार्टीका एक नेताले दिएको जानकारीअनुसार लोसपाले सरकारमा सहभागी हुन चार मन्त्रालय माग गरे पनि तीन वटा दिएमा सहभागी हुने तयारी गरेको छ।

यता गठबन्धनले भने दुई वटा मन्त्रालय मात्र दिन तयार भएको बताइएको छ।

'हिजो कुरा भएको थियो। हामीले चार मन्त्रालय मागेका थियौं, तीनसम्म भए पनि सरकारमा सहभागी हुने भनेका छौं। तर उनीहरूले दुई वटा मात्र दिने भनेका छन्। हामीले मानेका छैनौं', ती नेताले भने। 

यता नेता लक्ष्मणलाल कर्णले पनि सरकारमा सहभागी हुने कुरा भइरहेको स्वीकार गरे। तर पहिले आफूहरूको माग सम्बोधन हुनुपर्ने उनको जोड छ। 

'कुरा भएको हो, तर मागमुद्दा सम्बोधन हुनुपर्छ', उनले भने। 

गठबन्धनले हाल रिक्त रहेका दुई मन्त्रालय लोसपालाई दिने तयारी गरेको बताइएको छ।

चैत १७, २०७८ बिहीबार १३:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।