सोमबार ०७ पुस, २०८२
कोरोनाविरुद्धको तेस्रो डोज खोप लगाएकामा मृत्युदर ९८ प्रतिशत कम
काठमाडौंः कोभिड-१९ विरुद्धको खोपको तेस्रो मात्रा लगाएकाहरूमा मृत्युको जोखिम उल्लेख्य मात्रामा कमी हुने देखिएको छ। हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको बताइएको छ।
हङकङमा सिनोभ्याक र अर्को एक खोपको तीन मात्रा लगाएका नागरिकमा मृत्युदर ९८ प्रतिशतसम्म कम भएको देखिएको हो।
कोभिडविरुद्धको तीन मात्रा खोप लगाएका ६० वर्षभन्दामाथिका नागरिकमा सो अनुसन्धान गरिएको थियो।
चैत ९, २०७८ बुधबार १२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।