एमालेले बोलायो पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक

काठमाडौँ : एमालेले पोलिटब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बोलाएको छ। मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो। 

स्थानीय तह निर्वाचनको लागि आवश्यक तयारीका सन्दर्भमा छलफल तथा रणनीति निर्माणका लागि पार्टी कमिटीहरुको बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। 

उपमहासचिव समेत रहेका गुरुङले आजको बैठकले चैत ७ गते पोलिटब्यूरो, चैत ९ र १० गते केन्द्रीय कमिटी र १३ गते स्थायी कमिटीको बैठक आह्वान गर्ने निर्णय गरेको बताए। 

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। केन्द्रीय कमिटीको बैठकमा जिल्लाको शक्ति सन्तुलनको स्थिति लगायतका विषयमा रिपोर्टिङ हुने कार्यक्रम रहेको उनले बताए। बैठकले स्थानीय तहका उम्मेदवारको सिफारिसको विधि र प्रक्रियाका बारेमा निर्णय गर्ने उनले बताए। 
 

१ चैत, २०७८, २०:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।