सर्वदलीय बैठकमा मतपत्रको रंगबारे छलफल भएनः नेता पोखरेल

सर्वदलीय बैठकमा मतपत्रको रंगबारे छलफल भएनः नेता पोखरेल

काठमाडौँ : निर्वाचन आयोगले शुक्रबार बोलाएको सर्वदलीय बैठकमा मतपत्रको रंगको बारेमा औपचारिक रुपमा कुरा उठेन। केही दिन अघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले कांग्रेसलाई सजिलो हुने गरि आयोगले मतपत्र हरियो बनाएको आरोप लगाएका थिए। 

मतपत्रको रंगसँग कुनै दल प्रभावित नहुने भन्दै माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले बैठकमा औपचारिकता नपाएको बताए। कुनै दललाई लागेको कुरा हो। आयोगले यसबारे स्पष्ट पारिसकेको छ। यसबारे बहस गर्नु कुनै अर्थ हुदैन। पोखरेलले उकेरासँग भने।

बैठकमा कुरा चाहिँ उठ्यो तर छलफलको अजेण्डा भने बनेन स्वस्तिक चिन्ह निलो हुने र मतपत्र हरियो रंगको हुँदा स्पष्ट देखिने हुन्छ भन्ने कुरा आयोगले राख्यो। बैठकमा सहभागी लोसपाका नेता केशव झाले उकेरासँग भने। 

२७ फागुन, २०७८, १५:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।