कार्यक्रम उद्घाटन गर्न हेलिकप्टरबाट पोखरा आउँदै ओली
पोखराः नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन्। उनी पोखरामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज मध्यान्हमा हेलिकप्टरमार्फत आउने एमाले गण्डकी प्रदेशले जनाएको छ।
पोखरामा ओली राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्। त्यसैगरी उनी धौलागिरि दैनिकको वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम छ।
ओली आज कास्कीको रुपा गाँउपालिकामा रहेको रुपाकोट रिसोर्टमा बस्ने बताइएको छ। उनी भोलि मंगलबार एमाले गण्डकी प्रदेशले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कने छन्।
फागुन २३, २०७८ सोमबार ०९:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।