प्रदेश १, लुम्बिनी, कर्णाली,र सुदूरपश्चिममा मौसम बदली हुने

प्रदेश १, लुम्बिनी, कर्णाली,र सुदूरपश्चिममा मौसम बदली हुने

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मौसम बदली हुने भएको छ।,हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि यी प्रदेशमा भने आंशिक बदली हुने भएको हो।

हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो ती चार प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। आज राति देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन २२, २०७८ आइतबार ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।