नेटवर्किङ व्यवसायमा नजोडिन अर्थमन्त्रीले गरे आग्रह 

नेटवर्किङ व्यवसायमा नजोडिन अर्थमन्त्रीले गरे आग्रह 

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न आग्रह गरेका छन्। 

माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकमा मन्त्री शर्माले डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैर कानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न आग्रह गरे। 

कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्न पनि मन्त्री शर्माले अनुरोध गरेका मन्त्री शर्माको निजी सचिवालयले जनाएको छ। 

 

माघ २१, २०७८ शुक्रबार ०८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।