काठमाडौँ र ललितपुरबाट पक्राउ परे मोटरसाइकल चोर

काठमाडौँ र ललितपुरबाट पक्राउ परे मोटरसाइकल चोर

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट दुई वटा मोटरसाइकल सहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। 

सुर्खेत वीरेन्द्रनगर घर भई चाबहिल बस्ने २३ वर्षका सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने  १८ वर्षका समीर तामाङलाई नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए। 

तामाङको साथबाट वास्तविक नम्बर परिवर्तन गरी बा.प्र.-०२,०२५ प १३१८ नम्बर हालेको अवस्थामा कालो रातो रङको २२० सी.सी.को पल्सर मोटरसाइकल  बरामद गरिएको उनले बताए। 

यस्तै ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्बरको कालो सेतो रङको २०० सी.सी.को डुक मोटरसाइकलसहित सुर्खेतका महतरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

माघ २०, २०७८ बिहीबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।