रोडिजका जज र्‍यापर लाहुरेको हिरासत यात्रा लम्बियो, तेस्रो पटक थपियो ११ दिनको म्याद

रोडिजका जज र्‍यापर लाहुरेको हिरासत यात्रा लम्बियो, तेस्रो पटक थपियो ११ दिनको म्याद

प्रहरीले पोखराको न्युरोडबाट लाहुरेसहित ध्रुव बहादुर थापा, बिक्की भन्ने नवीन कुमार गुरुङ र सुस्मिता गुरुङलाई पक्राउ गरेको थियो।

जिल्ला अदालत कास्कीले उनी सहितलाई अनुसन्धानका लागि हिरासतमा राख्न तेस्रो पटक ११ दिनको म्याद पाएको हो। उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

पहिलो पटक ८ दिनको म्याद पाएको प्रहरीले दोस्रो पटक १८ दिनको म्याद पाएको थियो। लाहुरेसहितको टिमबाट बरामद वस्तु परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको र रिपोर्ट नआएको भन्दै प्रहरीले हिरासतमा राख्न थप समय मागेपछि जिल्ला अदालत कास्कीले थप ११ दिन म्याद थपेको हो।

लागू औषधको अनुसन्धानको प्रकृति हेरेर प्रहरीले अधिकतम २० दिनसम्म आरोपीलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद पाउन सक्छ। तर अनुसन्धान सकिए सरकारी वकिल कार्यालय मार्फत अभियोग पत्र बुझाउनुपर्छ।

र्यापर लाहुरे हिमालयन टिभीबाट प्रसारण भइरहेको हिमालयन रोडिजको टिम लिडर समेत हुन्। उनी हिरासतमा भए पनि उनी टिम लिडर भएकै कार्यक्रम प्रसारण भइरहेको छ। निर्माण टिमका अनुसार अधिकांश भागको पहिल्यै सुटिङ भएको थियो। जसले लाहुरेसहितको एपिसोड प्रसारण भइरहेको हो।

माघ १८, २०७८ मंगलबार १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।