सुदूरपश्चिमका हिमाली भूभागमा हिमपात, तराईमा बाक्लो हुस्सु
हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरैजसो भूभागहरूमा हुस्सु लागेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश र प्रदेश १मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहने छ।
यस्तै राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहने छ।
यस्तै महाशाखाले बिहानको समयमा उपत्यकालगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
पुष २०, २०७८ मंगलबार ०७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।