माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्दै, अध्यक्ष र पदाधिकारी चयन गर्ने

माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्दै, अध्यक्ष र पदाधिकारी चयन गर्ने

काठमाडौंः नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ। ललितपुरको हेरिटेज प्लाजामा नवनिर्वाचित कमिटीको बैठक बस्ने भएको हो।

बैठक आज ३ बजेका लागि तय गरिएको छ। हिजो पुष्पकमल दाहाल प्रचण्डले २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्रसमक्ष प्रस्तुत गरेका थिए। प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनमा सर्वसम्मतले पारित भएको थियो।

यस्तै हिजो नवनिर्वाचित केन्द्रीय कमिटीलाई संक्षिप्त सम्बोधन गर्दै प्रचण्डले आज बस्ने केन्द्रीय कमिटीको पहिलो बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने र बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरू चयन गर्ने पनि जानकारी गराएको थिए।

पुष १९, २०७८ सोमबार ०८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।