बुटवलमा आज र भोलि शैक्षिक संस्था बन्द हुने

बुटवलमा आज र भोलि शैक्षिक संस्था बन्द हुने

रुपन्देहीः बुटवल उपमहानगरपालिकाले दुई दिन शैक्षिक संस्था बन्द गर्न आह्वान गरेको छ। वर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै पुस १५ र १६ गते दुई दिन विद्यालय बन्द गर्न आह्वान गरेको हो।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुटवलमा पनि चिसो बढ्दै गएको छ। अन्य समयको तुलनामा सडकमा सवारीको चाप पनि घटेको छ।

देशैभर वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिजो हिमपात समेत भएको थियो। लुम्बिनी प्रदेशको गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा समेत हिजो हिमपात भएको थियो।

रेसुङ्गाको महापोखरीदेखि भ्यूटावरसम्मका क्षेत्रमा बाक्लो हिउँ परेपछि स्थानीयहरू हिउँ खेल्न पुगेका थिए। रेसुङ्गागा क्षेत्रमा हिमपात भएलगत्तै जिल्ला सदरमुकाम तम्घास आसपासका क्षेत्रहरूमा पनि चिसो बढेको छ।

१५ पुस, २०७८, १०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।