महिला भलिबल टिमलाई राष्ट्रपतिको बधाई

महिला भलिबल टिमलाई राष्ट्रपतिको बधाई

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएकी छिन्।

एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान राखेकामा राष्ट्रपतिले महिला टोलीलाई बधाई दिएकी हुन्।

बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले उज्वेकिस्तानलाई सोमबार पराजित गरेको थियो।

ट्विटरमार्फत राष्ट्रपति भण्डारीले च्याम्पियनसिपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान कायम गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने काम गरेको भन्दै राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई ज्ञापन गरेकी हुन्।

उनले लेखेकी छिन्, ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई हार्दिक बधाई।'

१४ पुस, २०७८, १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।