प्राथमिक तहका लागि १३ हजार शिक्षक माग 

प्राथमिक तहका लागि १३ हजार शिक्षक माग 

आयोगले सूचना निकालेर प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। 

आयोगले सात प्रदेशका ७७ जिल्लाका लागि शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन गरेको जनाएको छ। 

खुल्लातर्फ ७ हजार २०३, महिला १ हजार ४५, दलित महिला ६०, मुस्लिम महिला ३, आदिवासी जनजाति १ हजार ५९०, मधेसी १ हजार २९८, दलित, ५३१, अपाङ्गता भएका २९३ र पिछडिएको क्षेत्र तर्फ २३४ प्राथमिक शिक्षक माग गरेको छ। 

दरखास्त माघ १३ गतेसम्म आयोगको वेबसाइटमा अनलाइन माध्यमबाट दिन सकिने आयोगले निकालेको सूचनामा उल्लेख छ। 

१४ पुस, २०७८, ०८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।