एसीसी यू-१९ एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरियो

एसीसी यू-१९ एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौँ : युएईमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपाल दोस्रो खेलमा श्रीलङ्कासँग ६० रनले पराजित भएको छ।

श्रीलङ्काले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो। लगातार दुई हारपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ।

यस समूहबाट बङ्गलादेश र श्रीलङ्का लगातार दुई खेल जितेर सेमिफाइनल पुगेका छन्।
नेपाल यसअघि पहिलो खेलमा १ सय ५४ रनले पराजित भएको थियो। समूह बी मा रहेको नेपालले अन्तिम खेल कुवेतसँग मङ्गलवार खेल्नेछ । कुवेत पनि नेपाल झैँ लगातार दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिइसकेको छ।

११ पुस, २०७८, २१:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।