कति समावेशी बन्यो कांग्रेस ? :  २ प्रतिशत महिला पुगेनन्, पदाधिकारीमा एक जना मात्रै

कति समावेशी बन्यो कांग्रेस ? :  २ प्रतिशत महिला पुगेनन्, पदाधिकारीमा एक जना मात्रै

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भर्खरै सम्पन्न भएको छ। कांग्रेसले यसपालिको महाधिवेशनमा समावेशितालाई केही ध्यान पुराएको देखिएको छ। नेपाली कांग्रेसको १ सय ३४ पदका लागि निर्वाचन भएको थियो। पूर्ण कार्यसमिति बन्न सभापतिले कोषाध्यक्ष सहित केन्द्रीय सदस्य मनोनीत गर्नेछन्। कांग्रेसको विधानमा महिला, दलित, जनजाति, अल्पसङ्ख्यक खस आर्यलाई मध्य नजर गर्दै मनोनीत  गर्नुपर्ने छ।

लैङ्गिक हिसाबले हेर्दा कांग्रेसले ३१ प्रतिशत महिला केन्द्रीय कार्यसमितिमा निर्वाचित भएको देखाउँछ भने ६९ प्रतिशत पुरुष निर्वाचित भएका छन्। संविधानतः ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने भनिए पनि २ प्रतिशतले कम महिला निर्वाचित भएका छन्।

कांग्रेसले यसअघि पदाधिकारी, खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्य, प्रदेश पुरुष तथा महिला केन्द्रीय सदस्य, दलित महिला तथा पुरुष केन्द्रीय सदस्य, मुस्लिम, थारु, मधेसीलगायत क्लस्टरमा मतदान भएको थियो।

केन्द्रीय सदस्यको नामावली पदाधिकारी सभापतिमा शेरबहादुर देउवा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सह महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भएका छन्। पदाधिकारीमा डिना मात्र निर्वाचित भइन्। दलित, जनजाति, मधेसी लगायतको प्रतिनिधित्व पदाधिकारीमा भएको देखिन्छ।

केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना एक जना महिलाले उम्मेदवारी दिए पनि पराजित भइन्। केन्द्रीय सदस्यमा शशाङ्क कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शङ्कर भण्डारी, जिप छिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडू, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजीव ढुङ्गाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु सिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्ण किशोर घिमिरे

निर्वाचित भए। खुल्ला सदस्यमा आर्य समुदायका पुरुष उम्मेदवारहरूको बाहुल्यता देखियो।

महिला खुलातर्फ ९ जनामा डिला सङ्ग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईँ, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमति शाही निर्वाचित भए। महिलामा पनि दलित, जनजातीको प्रतिनिधित्व हुन सकेन।

आदिवासी जनजातिको ७ महिलासहित १५ जनामा चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गङ्गा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ विजयी भए।

खस आर्य क्ल्स्टरको ६ महिलासहित १३ जनामा केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाँण, प्रतिमा गौतम, नानु बास्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिम्सिना विजयी भए।

दलिततर्फ ४ महिलासहित ९ जनामा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल वाल्मीकि, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक विजयी भएका छन्।

मधेसीतर्फ ४ महिलासहित ९ जनामा अजय कुमार चौरसिया, चन्द्र मोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जु कुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव निर्वाचित भए।

थारुतर्फ २ महिलासहित ४ जनामा रामजनम चौधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना विजयी भए।  मुस्लिमतर्फ १ महिलासहित ३ जनामा अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन निर्वाचित भए भने अल्पसङ्ख्यकतर्फ १ जनामा प्रदीपकुमार सुनुवार अपाङ्गतातर्फ मदनकृष्ण श्रेष्ठ र पिछडिएको क्षेत्रतर्फ अर्जुनबहादुर सिंह निर्वाचित हुँदा महिला परेनन्।

प्रदेशबाट १ महिलासहित ३–३ गरी २१ जनामा प्रदेश १ मा अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू प्रदेश २ मा रमेश रिजाल, आनन्द ढुङ्गाना र चित्रलेखा यादव बागमतीमा राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी गण्डकीमा ध्रुव वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी लुम्बिनीमा देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का कर्णालीमा कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह सुदूरपश्चिममा यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट निर्वाचित भएका छन्।

९ पुस, २०७८, १५:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।