देउवासँग पराजित कोइराला केन्द्रीय सदस्य, १३४ मध्ये ४० जना महिला निर्वाचित  

देउवासँग पराजित कोइराला केन्द्रीय सदस्य, १३४ मध्ये  ४० जना महिला निर्वाचित  

काठमाडौं : नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समितिमा ३३ प्रतिशत महिला निर्वाचित भएका छन्।

कांग्रेस निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार १३४ सदस्यीय केन्द्रीय कार्य समितिमा ३३ प्रतिशत महिला निर्वाचित भएका हुन्। 

एक जना पदाधिकारी सहित ४० जना महिला कांग्रेसको केन्द्रीय समितिमा पुगेका छन्। पहिलो पटक सहमहामन्त्रीमा एक जना महिला अनिवार्य निर्वाचित हुनुपर्ने पार्टी विधान अनुसार महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन्। 

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले चुनावी प्रतिस्पर्धामा रहेका ४८७ उम्मेदवार मध्ये कार्य समितिका लागि १३४ जना निर्वाचित भएको जानकारी दिए। कांग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा निर्वाचित भएका छन्। 

देउवासँग पराजित दोस्रो मत ल्याउने शेखर कोइराला स्वतः केन्द्रीय सदस्य भएका छन्। कांग्रेस विधानको व्यवस्था अनुसार शेखर स्वतः केन्द्रीय सदस्य हुनु भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। 

सभापति पदका लागि दोस्रो चरणमा भएको निर्वाचनमा शेखर शेरबहादुर देउवासँग पराजित भएका थिए। शेखरलाई पदाधिकारी पछि केन्द्रीय सदस्यको पहिलो बरीयतामा राखिएको छ। 

यस्तै उपसभापति चयन गर्न पहिलो पटक भएको चुनावमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका भएका छन्। 

महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्दम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भएका छन्।

कांग्रेसको खुल्ला तर्फको ३५ सदस्यमा शशाङ्क कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शङ्कर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी निर्वाचित भएका छन्। 

यस्तै जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडू, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजीव ढुङ्गाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। 

मदनबहादुर अमात्य, अजयबाबु सिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे कांग्रेसको केन्द्रीय कार्य समिति सदस्यमा निर्वाचित भएका छन्। 

महिला खुलातर्फ ९ जना केन्द्रीय सदस्यमा डिला सङ्ग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईँ, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य र रंगमति शाही निर्वाचित भएका छन्। 

आदिवासी जनजाति ७ महिलासहित १५ पदमा चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गङ्गा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ निर्वाचित भएका छन्। 

यस्तै खस आर्य ६ महिलासहित १३ पदमा केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाँण, प्रतिमा गौतम, नानु बास्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना विजयी भएका छन्।

दलिततर्फ ४ महिलासहित ९ पदमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल वाल्मीकि, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक निर्वाचित भएका छन्। 

यस्तै मधेसीतर्फ ४ महिलासहित ९ पदमा अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव विजयी भएका कांग्रेसको निर्वाचन समितिले जनाएको छ। 

थारुतर्फ २ महिलासहित ४ पदमा रामजनम चौधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना निर्वाचित भएका छन्। यस्तै मुस्लिमतर्फ १ महिलासहित ३ पदमा अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन निर्वाचित भएका छन्। 

अल्पसङ्ख्यकतर्फ प्रदीपकुमार सुनुवार, अपाङ्गता भएकातर्फ मदनकृष्ण श्रेष्ठ र पिछडिएको क्षेत्रतर्फ अर्जुनबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। 

हरेक प्रदेशबाट १ महिलासहित जम्मा २१ पदमा प्रदेश १ बाट अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू, प्रदेश २ बाट रमेश रिजाल, आनन्द ढुङ्गाना र चित्रलेखा यादव र बागमतीबाट राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी निर्वाचित भएका छन्। 

गण्डकीबाट ध्रुव वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी, लुम्बिनीबाट देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का, कर्णालीबाट कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह र सुदूरपश्चिम प्रदेशबाट यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट निर्वाचित भएका छन्।

८ पुस, २०७८, २०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।